काठमाडौं ६, मंसिर । मुलुकको व्यापार घाटा बर्र्सेिन बढिरहेका बेला रेमिटेन्स आय भने घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको सुरुका तीन महिना (साउन–असोज) मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा कम भएपछि त्यअघिका वर्षहरुको भन्दा बढी छ । रेमिटेन्स आय भने उल्टै घटिरहेको छ।
व्यापार घाटा बढ्ने र रेमिटेन्स घट्दै जाने हो भने आगामी दिनमा अर्थतन्त्रमा समस्या देखिने छ । मासिक व्यापार घाटा एक खर्बभन्दा माथि छ । राष्ट्र बैंकले बिहीबार जारी गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असोजमा रेमिटेन्स आय ४.९ प्रतिशतले घटेको हो। असोजसम्म २ सय ३० अर्ब २४ करोड रुपैयाँ रेमिटेन्स आएको छ ।
अघिल्लो वर्ष यो बेला रेमिटेन्स आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो। बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ३.७ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ०.९ प्रतिशतले घटेको छ।
अघिल्लो वर्ष यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो। । चालु आवको तीन महिनामा रेमिटेन्स आय घट्ने, महँगी बढ्ने र सरकारको खर्च गर्ने क्षमता बढ्न नसक्नेबाहेक अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक देखिएका छन्। पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशतले बढेको छ ।
यो दसैं–तिहार जस्ता ठूला चाडपर्वको समय भएकाले पनि महँगी बढ्न सहयोग पुगेको हो। अघिल्लो वर्ष असोजमा पनि मुद्रास्फीति ४.६८ प्रतिशत थियो।
यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशतले बढेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च छ।
त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ । यो खबर नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend