काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला पाँच हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा चार हजार ३७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११० रूपैयाँ बढेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend