काठमाडौं ६, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूका पछाडि मान्छे लगाउने बताउदै तलमाथि भए कारबाही गर्ने चेतावनी दिए ।
मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।
सचिव र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।
सचिव र कर्मचारीले नै काममा ध्यान नदिए आफूले मात्र चटपटाएर केही नहुने ओलीको भनाइ थियो । उनले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
उनले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न समेत निर्देश गरेका छन् ।
विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन निर्देशन दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend