काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुनको भाउ एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँले उकालो लागेको हो।
शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँ रहेको चाँदी आइतबार ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढाव तथा त्यसको प्रभावका कारण नेपाली बजारमा पनि मूल्य बढेको हो। सुनको भाउ पुनः उकालो लागेसँगै गरगहना खरिद गर्ने उपभोक्ताको लागत थप बढेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend