काठमाडौं ५, मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिए ।
विष्टले लेखेका छन,‘अहिले मन्त्रीबाट बाहिरिएको छु ( थप उर्जा र प्रेरणाका साथ।’ मन्त्री पदबाट हटेपछि उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद समेत दिएका छन ।
विष्टलाई हटाएर प्रधानमन्त्रीले उनको स्थानमा रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend