सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समावेशी पत्रकारितामा सिप, क्षमता र सहकार्य अभिवृद्धि आवश्यक : सञ्चारकर्मी

समावेशी पत्रकारितामा सिप, क्षमता र सहकार्य अभिवृद्धि आवश्यक : सञ्चारकर्मी

काठमाडौं। समावेशी पत्रकारिताको प्रवर्द्धन, सञ्चारकर्मीको सिप तथा क्षमता अभिवृद्धि र संस्थागत सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ “समावेशी पत्रकारिता : सिप, क्षमता र सहकार्य क्षमता अभिवृद्धि कार्यक्रम” काठमाडौंमा सम्पन्न भएको छ।
एकता फाउन्डेसन नेपाल, काठमाडौंको आयोजनामा तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा जेबी विश्वकर्माले समावेशी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यपत्रमाथि विभिन्न सञ्चारकर्मीहरूले आ–आफ्ना धारणा राख्दै पत्रकारितामा सबै समुदाय, वर्ग, क्षेत्र र आवाजको समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले समावेशी पत्रकारिता लोकतान्त्रिक समाजको आधार भएकाले पत्रकारहरूको क्षमता विकास, व्यावसायिक दक्षता अभिवृद्धि तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा सञ्चार क्षेत्रलाई अझ जिम्मेवार, उत्तरदायी र समावेशी बनाउन यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend