काठमाडौं । नेपाली बजारमा सोमबार (असार १५) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा झरेको छ । आइतबार (असार १४) छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend