सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको अधिवेशनमा अध्यक्ष अमात्यको आह्वान : नयाँ नेतृत्वलाई सहकार्य गर्दै अघि बढ्न आग्रह

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको अधिवेशनमा अध्यक्ष अमात्यको आह्वान : नयाँ नेतृत्वलाई सहकार्य गर्दै अघि बढ्न आग्रह

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष सुनिल कुमार अमात्यले आगामी नेतृत्वले व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा काम गर्नुपर्ने बताएका छन्।
अध्यक्ष अमात्यले आफ्नो कार्यकालमा संघलाई संस्थागत रूपमा सुदृढ बनाउन सबै सदस्यहरूको साथ र सहयोग प्राप्त भएको उल्लेख गर्दै त्यसका लागि आभार व्यक्त गरे। उनले संघलाई अझ प्रभावकारी, व्यवस्थित र व्यवसायीमैत्री बनाउन नयाँ नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।


उनले ग्रिल तथा स्टिल व्यवसाय क्षेत्रले विभिन्न चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि व्यवसायीहरूबीच आपसी सहकार्य, एकता र समन्वय अपरिहार्य रहेको बताए। नयाँ कार्यसमितिले सदस्यहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा संस्थाको गरिमा अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।
अध्यक्ष अमात्यले अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संघको विकास र व्यवसायीहरूको हितका लागि सबै सदस्यले निरन्तर सहयोग गर्नुपर्ने धारणा राखे।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको संघले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend