पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा विश्व अर्याल निर्वाचित भएका छन्। शनिबार साँझ सम्पन्न निर्वाचनमा उनले हेटौँडाका पम्प व्यवसायी उत्सव इटेनीलाई पराजित गरी अध्यक्ष निर्वाचित भएका हुन्।
अर्यालले २४२ मत ल्याएर विजयी हुँदा इटेनीले ११३ मत ल्याए। अध्यक्ष निर्वाचित अर्याल यसअघिको कार्यसमितिमा महासचिव थिए। उनीसँग लगातार तीन कार्याकाल गरेर १२ वर्ष महासचिवका रूपमा काम गरेको लामो अनुभव छ।
अर्यालको धादिङमा एभरेस्ट फ्युल सेन्टर नामको पेट्रोलपम्प छ। त्यस्तै, काठमाडौं र नुवाकोटका केही पम्पमा उनको आंशिक स्वामित्व छ भने केही पम्पहरू भाँडामा लिएरसमेत सञ्चालन गरिरहेका छन्। अर्यालको इन्धन ढुवानी गर्ने ट्यांकरसमेत छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend