सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनमा नयाँ नेतृत्व : अध्यक्षमा रामप्रसाद गैरे विजयी

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनमा नयाँ नेतृत्व : अध्यक्षमा रामप्रसाद गैरे विजयी

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा रामप्रसाद गैरे विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी किशोर केसीलाई पराजित गर्दै एसोसिएसनको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बु तथा तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा भीममाया कार्की (कल्पना) तथा सहकोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएका छन्।

यसैगरी कार्यसमितिको सदस्यमा विष्णुप्रसाद सापकोटा, ओमप्रकाश शिवाकोटी, उर्मिला लामा, नवीन क्षेत्री पौडेल, विमल पोखरेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पुण्यकुमार श्रेष्ठ तथा शेरबहादुर गुर्वाछन् निर्वाचित भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएको थियो। नयाँ नेतृत्वले वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउँदै श्रमिकको हित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend