काठमाडौं ४,मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष प्रचण्ड भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई यस्तो अधिकार दिएको हो ।
यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गर्दै आएकोमा अब प्रचण्डले गर्ने छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको बताए ।
एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमती भएको उनको भनाई छ । तर दुवै नेताको वरीयता भने बराबर हुने समेत स्पष्ट पारे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend