सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५९ औं बार्षिक साधारणसभा सम्पन्न

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५९ औं बार्षिक साधारणसभा सम्पन्न

 

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५९ औं बार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा भव्य रुपले सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष प्रदिप लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ९.५० प्रतिशत बोनस सेयर ०.५० प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश पारित गरेको छ ।

त्यसै गरी कम्पनीको प्रबन्धपत्र र निमायवली पनि सभाले स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत ताकेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले साधारणसभा समयमै गर्न लाभांश बढाउन आग्रह गरेका थिए । सेयरधनीहरुले उठाएको जिज्ञासामाथि कम्पनीको सिइओ उर्मिला श्रेष्ठले भोलीका दिनमा सेयरधनलाई उच्त प्रतिफल दिनको लागि व्यवस्थापन र संचालक लागि परेको बताइन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend