काठमाडौं ४,मंसिर ।सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकले आज नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउने छ भने शपथ ग्रहण पनि आजै गराउने गृहकार्यमा जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए । त्यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend