बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य, शपथ ग्रहण ४ बजे गराउने तयारी

मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य, शपथ ग्रहण ४ बजे गराउने तयारी

काठमाडौं ४, मसिंर । प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन आज गर्दै छन् । यसै बिषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक दिउँसो साढे १२ बजे बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेता बारे छलफल हुने भएको छ । नयाँ नियुक्त हुने मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण ४ बजे गराउने तयारी भइरहेको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी गराउदै मन्त्रिहरुलाई आज कुनै कार्यक्रममा नजान निर्देशन दिएका थिए ।

अहिले सम्भावित मन्त्रीका लागि नेकपाका नेताहरु धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, भीम रावल, जनार्दन शर्मा, लेखराज भट्ट, पम्फा भुषाल, अग्नी सापकोटा, प्रभु साह, देव गुरुङ, महेश बस्नेको नाम चर्चामा छ ।

हटाइने मन्त्रीको सूचीमा लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठ, बिना मगर, गोकर्ण विष्ट रहेको स्रोतको दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend