सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्व प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टेक पुन मगरको टिप्पणी : “जनताले निर्वाचनमार्फत हिसाब–किताब मिलाउनेछन्”

पूर्व प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टेक पुन मगरको टिप्पणी : “जनताले निर्वाचनमार्फत हिसाब–किताब मिलाउनेछन्”

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले पूर्व प्रधानमन्त्रीले सम्पत्ति विवरण नभरिने वा अनुसन्धान आयोगलाई बयान नदिने जस्ता अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले पूर्व प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्ति विधिको शासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिताको सिद्धान्तसँग मेल नखाने बताएका हुन्।
उनले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू कानुनको दायराभित्र रहनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुन नसक्ने बताएका छन्। सार्वजनिक उत्तरदायित्वबाट पन्छिने प्रवृत्तिले सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाउने उनको भनाइ छ।
पुनले राजनीतिक दल तथा तिनका नेताहरूले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले कानुनी प्रक्रिया र संवैधानिक निकायप्रति सम्मान देखाउनुपर्ने उनको धारणा छ।
उनले अन्ततः सही र गलतको मूल्याङ्कन जनताले नै गर्ने उल्लेख गर्दै आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा मतदाताले आफ्नो मतमार्फत हिसाब–किताब मिलाउने दाबी गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend