सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गल्कोटमा रास्वपाको नगर अधिवेशन सम्पन्न, राजेन्द्र पुन मगर सर्वसम्मत सभापति चयन

गल्कोटमा रास्वपाको नगर अधिवेशन सम्पन्न, राजेन्द्र पुन मगर सर्वसम्मत सभापति चयन

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गल्कोट नगरपालिकाको नगर अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले राजेन्द्र पुन मगरको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै ऐतिहासिक रूपमा सम्पन्न भएको जनाएको छ।
अधिवेशनबाट राजेन्द्र पुन मगर सभापतिमा चयन भएका छन् भने उपसभापतिमा क्याप्टेन पदमबहादुर खत्री, सचिवमा देबेन्द्र सिंह बस्नेत र सहसचिवमा विश्वास भण्डारी चयन भएका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ।
त्यसैगरी नगर कार्यसमितिको सदस्यमा टीका बहादुर खत्री, तेजमाया मल्ल, टीका सुनार, अञ्जु शर्मा, सुशीला बोहरा खत्री, कुसुम मगर, प्रेमकुमार खरेल, सुक्सन श्रीस मगर, अम्मरबहादुर बस्नेत, छम सुनार र जुना विक सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा टेकबहादुर पुन (मगर) र नारायणध्वज मल्ल (ठकुरी) लाई चयन गरेको छ। प्रदेश प्रतिनिधिमा प्रकाश सुनार र कबिराज नेपाली चयन भएका छन् भने जिल्ला प्रतिनिधिमा जीवन खत्री, सन्तोष श्रीस मगर, सङ्गीता भण्डारी थापा र कृष्णबहादुर नेपाली चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई दिँदै रास्वपा बागलुङ जिल्ला कार्यसमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि टेकबहादुर पुनले गल्कोट नगर समितिको नयाँ नेतृत्वले पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले गल्कोट नगरपालिकामा पार्टी संगठन विस्तार, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै संगठनात्मक एकता र पार्टीप्रतिको प्रतिबद्धताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend