काठमाडौं ३,कात्तिक । राजधानीको नैकापमा रहेको श्री कंकाली माध्यमिक विद्यालयमा नेटवर्क सेक्युरिटी सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील संस्था एसआइसिटी नेपालको सहयोगमा विद्यालयले उक्त कार्यक्रम गरेको हो ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरु, सहायक प्रधानाध्यापक मधुकर कार्कीसहित अन्य शिक्षकहरु र प्रविधि शिक्षा (९ देखि १२ कक्षासम्म) अन्तर्गत कम्प्युटर विषय अध्ययन गर्ने करिब २ सय विद्यार्थीको उपस्थिति रहेको थियो ।

एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतले विद्यार्थीहरुलाई सामाजिक सञ्जालको प्रयोग र त्यसको सुरक्षाको बारेमा प्रशिक्षण गर्नुका साथै विद्यार्थीहरुलाइ करियर विकासको बारेमा परामर्श दिएका थिए ।

त्यस्तै आइटी विज्ञ श्री पौडेलले विद्यार्थीलाई नेटवर्क सेक्युरिटीको बारेमा विद्यार्थीहरुलाई करिब २ घण्टा प्रशिक्षण गरे । उनले नेपालको वर्तमान नेटवर्क सेक्युरिटीको अवस्था र सुरक्षाका उपायबारे विद्यार्थीहरुलाई जानकारी गराए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend