सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली बजारमा ‘ओमोडा ई-५ प्रो’ सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

नेपाली बजारमा ‘ओमोडा ई-५ प्रो’ सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ विद्युतीय सवारी ‘ओमोडा ई-५ प्रो’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा भविष्यमुखी डिजाइन र अत्याधुनिक प्रविधियुक्त उक्त गाडीको औपचारिक लन्च गरिएको हो।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले ओमोडा ई–५ प्रोले नेपालमा विद्युतीय सवारी प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। नायिका रेखा थापाले पनि गाडीको प्रयोगबाट आफू सन्तुष्ट रहेको बताउँदै ग्राहक सेवाप्रति कम्पनीको प्रतिबद्धताको प्रशंसा गरिन्।

कम्पनीका अनुसार ओमोडा ई–५ प्रोमा ५१.६ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। गाडीले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ प्राप्त गरेको छ भने ७ वटा एयरब्याग र १९ वटा उन्नत चालक सहायता प्रणाली (एडीएएस) सुविधा समावेश गरिएको छ।

सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले सुरुवाती ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने तथा एक वर्षको निःशुल्क बीमा सुविधा समेत प्रदान गर्ने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend