काठमाडौं ३, कात्तिक । सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति प्रचण्डको निजी सचिवालयले घोर भतर्सना र खण्डन गरेको छ ।

आज सचिवालयले प्रेस बिज्ञप्ती जारी गर्दै मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिईरहनु भएको तथ्य सबैमा विदितै भएकोमा पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गमेत गरेको छ ।
२०७६ मंसिर ३ गते
अध्यक्ष प्रचण्डको निजी सचिवालय
खुमलटार ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend