बिभिन्न आन्दोलन र हडतालको नाममा मानिसले दुख सास्ती पाईरहनु परेको छ । बिगतमा राजनैतिक दलका आन्दोलनले मानिसले ठुलै दुख पाए । नया“ सबिधान बने पछि यस्ता आन्दोलन हटने सवैको बिश्वास थियो । तर पछिल्लो समयमा आउदा पनि आफना माग पुरा गर्नको लागी सडकमा नै प्रदर्शन गर्ने परम्परा हटेको पाईदैन । सिन्डिकेट तोड्न सरकारले चालेको कदमविरुद्ध उत्रेका यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन नचलाउँदा मुलुकभरको जनजीवन प्रभावित भएको छ। सार्वजनिक सवारीसाधन नगुडेपछि राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
सरकारले गत चैत १८ गते जारी गरेको यातायात निदेशिका खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा यातायात सञ्चालन ठप्प भएको हो। महासंघले सरकारले अकस्मात् ढंगले निदेशिका जारी गरेकोले सवारी संचालन बन्द उसको भनाई छ ।
यातायातमा सुधार गर्न सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारको निर्णयले आफूहरू मारमा परेको महासंघको भनाई छ । व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निदेशिका जारी गरेको यातायात व्यवसायीको भनाई छ । महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । यस्तै व्यवसायीले सार्वजनिक सवारीसाधन नचलाउँदा यात्रुलाई सास्ती खेप्नु परेको छ । आफनो साधन नभएका बिरामी देखी असक्त साथै वैदेशिक रोजगारीको लागी बिदेश जाने कामदार समेत अलपत्र परेको अवस्था छ । काठमाडौंमा साझा यातायातसहित केही यातायात कम्पनीका गाडी चलेका छन्। सडकमा निजीसवारीसाधन, मोटरसाइकल लगायतका गाडीको भने चाप छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend