काठमाडौं ३,कात्तिक । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरूमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन्। भौतिक पूर्वाधारलगायतको अनुगमन गर्न त्रिविका पदाधिकारी हेरक वर्ष मेडिकल कलेज पुग्छन्।
अनुगमनमा जानेहरूको भत्तालगायत खर्चका लागि विश्वविद्यालयले नैरकम छुट्याएर दिने भए पनि अधिकारीहरूले सम्बन्धित मेडिकल कलेजबाट खाना, होटलसहित ट्याक्सीखर्चका बहानामारकम असुल्ने गरेका छन्।
यसका लागि अनुगमनमा खटिएका अधिकारीले चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयबाटै पत्र लैजाने गरेका छन्। उनीहरूले एउटा मेडिकल कलेजबाट एकपटकमा तीन लाख रूपैयाँसम्म उठाउने गरेका छन्।
त्रिविको अनुगमन निर्देशनालयमातहतरहेको चिकित्साशास्त्र अध्ययन संस्थानले मेडिकल कलेजहरूबाट खर्च उठाउने गरेको हो।अनुगमन निर्देशनालय त्रिवि उपकुलपतिको मातहत छ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिनराजेन्द्रप्रसाद शर्मा गुरागाईंले २०७५ भदौ ३१ गते पोखरास्थित गण्डकी मेडिकल कलेजलाई पत्र लेखी अनुमगन टोलीका सदस्यलाई पाँच हजार रूपैयाँको दरले दैनिक भ्रमण भत्ता खर्च, १४ हजार टयाक्सी खर्च, ६ हजार ९ सय ५ खाजा खर्च, ३६ हजार १ सय ६० यातायात खर्च, ११ हजार ६ सय ३ प्रशासनिक खर्च गरी कुल २ लाख ४३ हजार ६ सय ६८ रूपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन्।
गुरागाईंले २०७५ भदौ ३१ गते नै भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलाई पत्र लेखी २ लाख ३६ हजार ४ सय १८ रूपैयाँ खर्च दिन बिल पेस गेका छन्। स्रोतका अनुसार गुरागाईंले ६ वटा मेडिकल कलेजलाई यसरी पत्र लेखी खर्च उपलब्ध गराउन माग गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend