काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ महाधिवेशनको पूर्वतयारीका क्रममा विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिएको छ ।
महासंघका प्रतिनिधिहरूले Nepal Bank Limited, Rastriya Banijya Bank, Agricultural Development Bank तथा Sagarmatha Insurance का प्रमुख कार्यकारी अधिकृतहरूसँग भेट गरी लघु, घरेलु तथा साना उद्योगीहरूको वित्तीय पहुँच सहज बनाउने विषयमा विस्तृत छलफल गरेका हुन् ।
महाधिवेशन मुल ब्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार भेटवार्ताका क्रममा वित्तीय साक्षरतालाई प्रभावकारी बनाउने, उद्यमीहरूलाई बैंक तथा वित्तीय संस्थासम्म सहज पहुँच दिलाउने र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा बृहत् छलफल भएको थियो ।
महासंघले आगामी महाधिवेशनलाई लक्षित गर्दै उद्योगी–व्यवसायीका समस्या समाधान तथा वित्तीय पहुँच विस्तारका विषयलाई प्राथमिकतामा राखेर विभिन्न सरोकारवालासँग संवादलाई तीव्र बनाएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend