काठमाडौं २, मंसिर । मर्जर प्रकृयामा रहेका र ग्लोबल आइएमई बैंक आज बार्षिक साधारणसभा गर्दै छन् । दुवै बैंकले आज एकै दिन सभा गर्न लागेका हुन् ।
जनता बैंकको साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ भने ग्लोबलको नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा हुने छ । दुवै साधारणसभाले मर्जर प्रस्ताव अनुमोदन गर्ने छन् । ग्लोबल आइएमई र जनताबीच असार २० गते मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
साधारणसभामा दुवै बैंकको लाभांश प्रस्ताव पनि पेश हुने छ । ग्लोबल १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने ६ प्जरतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend