काठमाडौं १, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने गृहकार्य सुरु भएको छ ।धापासी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तीन पटक डायलासिस गरिए पनि राम्रो सुधार नदेखिए पछि स्वास्थ्य सन्तुलित राख्न नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो । प्रधानमन्त्रीले दुई बिकल्प मध्ये मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बताईएको छ ।
नेकपाका एक नेताका अनुसार “मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय नभएको उनी बताउँछन् । प्रधानमन्त्री ओलीले यस सम्बन्धी मेडिकल समूहसँग पनि आवश्यक परामर्श गरिरहेको बताईएको छ ।
प्रधानमन्त्री ओलीको १३ वर्षअघि नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही हप्ता अघि उपचार गरेर सिङ्गापुरबाट फर्किए पनि उनको स्वास्थ्यमा राम्रो सुधार हुन नसकेपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend