सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजदेखि धर्ना कार्यक्रम सुरु

आजदेखि धर्ना कार्यक्रम सुरु

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामाग्रीको मूल्य समायोजन गर्न माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ ।

धर्ना अघि महासंघका एसोसिएट संयोजक नवराज श्रेष्ठको नेतृत्वको टोलीले सडक विभागका महानिर्देशक विजय जैशीलाई ज्ञापनपत्र बुझाएको थियो । टोलीमा महासंघका महासचिव शिवहरि घिमिरे पनि सहभागी थिए ।

महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धनसहित निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । त्यसले निर्माण उद्योग संकटमा परेको र धेरै आयोजना प्रभावित बनेको महासंघको दाबी छ ।

महासंघले सडक विभागसँगै जलस्रोत तथा सिँचाइ विभाग लगायत देशैभरका सारेकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको पहिलो दिन आधा घण्टा मात्रै धर्ना दिएको श्रेष्ठले बताए ।

माग सम्बोधन नभएसम्म धर्ना कार्यक्रम जारी रहने महासंघको भनाइ छ । यस्तै, महासंघले व्यवसायी प्रकाउ गरेको भन्दै सरकारको विरोध गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend