काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि भावी लगानी रणनीतिसम्मका महत्वपूर्ण प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको छ।
साधारणसभाबाट सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, सञ्चालक चयन तथा उपयुक्त लगानी क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ।
कम्पनीले आफ्नो सञ्चालन संरचना र रणनीतिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कम्पनीको नाम परिवर्तन तथा प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी प्रस्तावसमेत सभाबाट अनुमोदन भएको जनाएको छ।
जलविद्युत् क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको कम्पनीले नवीकरणीय ऊर्जाको विकास, निजी लगानी प्रवर्द्धन तथा ऊर्जा उत्पादन विस्तारमा योगदान पुर्याउँदै आएको दाबी गरेको छ। कम्पनीका अनुसार आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानी र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखिनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend