काठमाडौँ ३०,कात्तिक । रेमिट्यान्स क्षेत्रमा अग्रणी स्थानमा रहँदै आएको सिटी एक्सप्रेस ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण गरिएको छ ।
जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो ।उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोहबिच हस्तान्तरण गरिएको थियो ।
सिटी एक्सप्रेसले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रमा सामाजिक काम संगै आर्थिक सहयोग पनि सहयोग गर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend