सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अञ्जन श्रेष्ठ महासङ्घ अध्यक्षमा, आर्थिक उन्नयनमा जोड

अञ्जन श्रेष्ठ महासङ्घ अध्यक्षमा, आर्थिक उन्नयनमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासङ्घको अध्यक्ष पदको कार्यभार सम्हाल्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले उद्यमी व्यवसायीको हित र लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहने बताए। निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाट मात्रै सम्भव हुने धारणा राखे।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान बमोजिम श्रेष्ठ आजदेखि अध्यक्ष बनेका हुन्। करीब साढे दुई दशकदेखि महासङ्घमा सक्रिय रहेका श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend