सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जिउँदै इँटाभट्टामा मान्छे जलाउने, पूर्वमन्त्री आलमलाई मध्यरातमा काठमाडौं ल्याइयो

जिउँदै इँटाभट्टामा मान्छे जलाउने, पूर्वमन्त्री आलमलाई मध्यरातमा काठमाडौं ल्याइयो

काठमाडौं ३०, कात्तिक । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मो. अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएलगत्तै उनलाई गएराति नै काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई पर्न सक्ने प्रतिकुल प्रभावका आधारमा आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो। आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend