सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा भविश्वर पाण्डे नियुक्त भएका छन् । ताहाचलमा प्रमुखका रुपमा आएका पाण्डेले सल्यान, अछाम, रुकुम र बाजुरामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)का रुपमा काम गरिसकेका छन् । पाण्डे यसअघि गृह मन्त्रालयमा उपसचिव थिए । उनी केही दिनअघि मात्रै श्रम मन्त्रालयमा सरुवा भएका थिए ।
श्रममन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारलाई व्यवस्थित र पारदर्शी गर्ने गरी बनाएका योजना सफल बनाउन यो कार्यालयको भूमिका महत्वपूर्ण रहन्छ । अहिले श्रम ग्राम ताहाचलामा श्रम स्वीकति लिन निकै सास्ती छ । दलालहरुको बिगबिगी र कर्मचारीको सेटिङका कारण घुस नखुवाई श्रम गर्न पनि मुस्किल हुने अवस्था छ ।विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न ताहाचल कार्यालयका प्रमुखको मुख्य भूमिका महत्वपूर्ण मानिन्छ । उनले दाङ र गुल्मीमा सहायक प्रजिअका रुपमा पनि कार्यसम्पादन गरेका थिए । त्यसअघि उनी ६ वर्ष प्रधानमन्त्रीको कार्यालयमा अधिकृतका रुपमा कार्यरत थिए ।गत वर्ष पाण्डे सूचना आयोगबाट उत्कृष्ट सूचना अधिकारीको पुरस्कारबाट सम्मानित भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend