काठमाण्डौ ३०, कात्तिक । काठमाण्डौको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको हो । उनको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend