सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डोल्पामा स्वास्थ्य राहत: प्रकाश खड्काको पहलमा १०९ जीवनरक्षक सामग्री हस्तान्तरण

डोल्पामा स्वास्थ्य राहत: प्रकाश खड्काको पहलमा १०९ जीवनरक्षक सामग्री हस्तान्तरण

काठमाडौं ।  दुर्गम हिमाली जिल्ला डोल्पामा स्वास्थ्य सेवा अभावबीच महत्वपूर्ण राहत पुगेको छ। भौगोलिक विकटता, सडक सञ्जालको कमी तथा विशेषज्ञ चिकित्सक अभावका कारण सामान्य उपचारसमेत कठिन बन्दै आएको अवस्थामा २५ प्रकारका १०९ थान अत्यावश्यक स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो।

कर्णाली प्रदेश जेन–जी काउन्सिलका संयोजक प्रकाश खड्काको पहलमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, हेमाटोलोजी एनालाइजर तथा बाइप्याप (BiPAP) मेसिनजस्ता जीवनरक्षक उपकरणहरू डोल्पा जिल्ला अस्पतालका इन्चार्ज डा. सिजन रावतलाई हस्तान्तरण गरिएको हो।

उक्त उपकरणहरूले विशेषगरी आकस्मिक उपचार, श्वासप्रश्वाससम्बन्धी समस्या तथा प्रयोगशाला सेवामा प्रत्यक्ष सुधार ल्याउने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै प्रभावकारी सेवा दिन सकिने वातावरण निर्माण हुने विश्वास समेत व्यक्त गरिएको छ।

यस पहलमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल, जेन–जी डोल्पाका संयोजक ज्ञानबहादुर बुद्ध तथा बागबजार काठमाडौंस्थित सुटमाला मार्फत राज कार्कीको प्राविधिक सहयोग रहेको जनाइएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend