सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्तर्राष्ट्रियस्तरमा चम्किइन् माया थामी : National Social Welfare Award 2025 प्राप्त

अन्तर्राष्ट्रियस्तरमा चम्किइन् माया थामी : National Social Welfare Award 2025 प्राप्त

काठमाडौं । सामाजिक सेवा तथा कलाकार क्षेत्रमा सक्रिय माया थामी National Social Welfare Award 2025 बाट सम्मानित भएकी छन्। उक्त सम्मान Season Media द्वारा प्रदान गरिएको हो। यस वर्ष नेपालभरबाट निरन्तर सामाजिक कार्यमा सक्रिय १७ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सम्मानप्रति प्रतिक्रिया दिँदै थामीले आयोजकप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्। उनले भनिन्, “यो सम्मान केवल एउटा पुरस्कार होइन, मेरो यात्राप्रतिको विश्वास, प्रेरणा र जिम्मेवारीको अनुभूति हो।” उनले Season Media परिवारप्रति पनि हार्दिक आभार प्रकट गरेकी छन्।

यस सम्मानले उनको सामाजिक तथा कलाकार क्षेत्रमा गरिएको योगदानलाई थप सशक्त बनाउँदै आगामी दिनमा अझ प्रेरणादायी कार्य गर्न ऊर्जा मिल्ने विश्वास गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend