सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 IT र AI आधारित ‘लर्निङ एण्ड अर्निङ’ मोडेल आवश्यक, युवा उद्यमशीलता विकासमा जोड : राजेन्द्र मल्ल

 IT र AI आधारित ‘लर्निङ एण्ड अर्निङ’ मोडेल आवश्यक, युवा उद्यमशीलता विकासमा जोड : राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई सूचना प्रविधि (IT) र कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी व्यवहारिक तथा स्टार्टअपमुखी शिक्षामार्फत सक्षम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले अहिलेको शिक्षाले केवल ज्ञान दिने होइन, कमाउने अवसरसमेत सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

मल्लका अनुसार आधुनिक प्रविधिमा आधारित सीप विकासले युवाहरूलाई आत्मनिर्भर, नवप्रवर्तनशील र उद्यमशील बनाउनेछ। “विद्यार्थीहरूलाई ‘लर्निङ एण्ड अर्निङ’ मोडेलमा जोड्दै वास्तविक बजारसँग प्रत्यक्ष जोड्न सकियो भने मात्र उनीहरू भविष्यका चुनौती सामना गर्न सक्षम हुन्छन्,” उनले बताएका छन्।

उनले यस्तो प्रकारको शिक्षाले स्टार्टअप संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले नयाँ व्यवसाय सिर्जना, रोजगारी विस्तार र डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मल्लले देशको समग्र आर्थिक रूपान्तरणका लागि प्रविधिमैत्री शिक्षा प्रणाली अपरिहार्य रहेको औंल्याउँदै नीति निर्माण तहले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend