सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित

नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित भएका छन्। काठमाडौँमा शुक्रबार सम्पन्न संघको आठौँ अधिवेशनबाट शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा सुमन पाण्डे रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा डा. सुमन पौडेल र उपाध्यक्षमा विनोद अधिकारी निर्वाचित भएका छन्। त्यसैगरी महासचिव पदमा पिताम्बर आचार्य चयन भएका छन्।

कोषाध्यक्षमा अर्जुन पौडेल, सचिवमा दिल्लीप्रसाद घिमिरे र सह-कोषाध्यक्षमा मीनप्रसाद ढकाल निर्वाचित भएका छन्। सदस्यहरूमा सिद्धार्थ खण्डेलवाल, राजु अधिकारी, नारायण सापकोटा, मनिषकुमार झा र जीना पौडेल रहेका छन्।

अधिवेशनको उद्घाटन प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले गरेकी थिइन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आयुर्वेदिक औषधीको महत्व उल्लेख गर्दै यसको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।

यसअघि आयोजित उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुमन पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा औषधी व्यवस्था विभागका किरण सुन्दर बज्राचार्य, नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लभ अधिकारी तथा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश खण्डेलवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend