सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच सुधार्न एम्बुलेन्स हस्तान्तरण

दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच सुधार्न एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलाई सुदृढ बनाउने उद्देश्यसहित सालिछोङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। उद्योगी शिव प्रसाद घिमिरेले गुराँस हाइड्रोपावर कम्पनीमार्फत उक्त एम्बुलेन्स उपलब्ध गराएका हुन्।

घिमिरेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उपचार अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो पहल गरिएको बताएका छन्। उनले यो सहयोगले स्थानीय बासिन्दाहरूलाई आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरेका छन्।

दुर्गम क्षेत्रहरूमा समयमै उपचार नपाउँदा हुने मानवीय क्षति न्यूनीकरण गर्न यस्ता पहलहरू महत्वपूर्ण हुने स्थानीयवासीहरूले अपेक्षा गरेका छन्। एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि बिरामीलाई छिटो स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ। घिमिरेले यसलाई केवल सहयोग नभई समाज र मानवताप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend