काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५६ हजार ९० रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३०४ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend