सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैशाख ७ देखि शैक्षिक सुधार कार्यक्रम सुरु, नैतिक शिक्षामा जोड

वैशाख ७ देखि शैक्षिक सुधार कार्यक्रम सुरु, नैतिक शिक्षामा जोड

काठमाडौं । वैशाख २ गतेदेखि ६ गतेसम्म विद्यालयको भौतिक सुधारसम्बन्धी कार्य सम्पन्न भएसँगै आज वैशाख ७ गतेबाट शैक्षिक सुधार कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रम अन्तर्गत नयाँ भर्ना भएका तथा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै अतिरिक्त कक्षा सञ्चालन गरिने जनाइएको छ।

प्याब्सनका उपाध्यक्ष रबिन्स शर्मा का अनुसार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले “Moral Education Class” सञ्चालनमा ल्याइएको हो। यस कक्षाले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध, सामाजिक व्यवहार तथा नैतिक मूल्यको विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

विद्यालयले भौतिक पूर्वाधार सुधारसँगै शैक्षिक गुणस्तर उकास्ने योजना अघि बढाएको जनाएको छ। विद्यार्थीहरूको समग्र विकासमा ध्यान केन्द्रित गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend