काठमाडौं २८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच चिसिएको सम्बन्धलाई सुधार गर्ने कसरत भएको छ ।
लामो समय देखि एक्ला एक्लै भेटघाट नगरेका यी दुई नेता मंगलबार सरकारी निवास बालुवाटार भेटघाट गरे । प्रधानमन्त्री स्वास्थ्य उपचारमा सिंगापुर जाने बेला नेता नेपालले स्वास्थ्य लाभको शुभकामना दिँदा सो शुभकामना आवश्यक नभएको भन्दै ओलीले स्वास्थ्यलाभको शुभकामना नै अस्वीकार गरेपछि दुई नेताहरूबीचको सम्बन्ध चिसिएको थियो।
आफ्ना कमीकमजोरी बारे कुराकानी गरेको हुन सक्ने बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला दुवै नेताहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएपछि भदौ ३० गते नेपाललाई नबोलाई ओलीले सचिवालयको बैठक राख्न खोजेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend