सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्माण व्यवसायी महासंघले दियो इजाजत पत्र सरकारलाई बुझाउने चेतावनी

निर्माण व्यवसायी महासंघले दियो इजाजत पत्र सरकारलाई बुझाउने चेतावनी

काठमाडौं २८ ,कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघले स्थगित भएको आन्दोलन पुनः सुरु गर्ने बताएको छ ।

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत साउन १६ गते नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित भएको सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६मा म्याद थप तथा बैंक क्रेडिट लाइनमा प्रतिकुल प्रभाव हुने प्रकारका प्रावधान राखेको र महासंघले उठाएका निर्माण प्रवर्द्धन हुने मागहरु सम्बोधन नगरिएको भन्दै आन्दोलन थाल्ने बताएको छ ।
महासंघले आफूले उठाएका माग ७ दिनभित्र सम्बोधन नभए विभिन्न सरकारी निकायहरुमा तालाबन्दी गर्ने, घेरा गर्ने, हेभी यन्त्र उपकरणहरु सडकमा राख्ने, निर्माण कार्यहरु ठप्प राख्ने, टेण्डर वहिष्कार गर्ने, निर्माण व्यवसायीहरुको इजाजत पत्रसमेत सरकारलाई बुझाउने चेतावनी दिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend