काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहले आफ्नो प्यानल सार्वजनिक गरेको छ।
सोमबार लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित विशेष कार्यक्रममा श्रेष्ठ समूहले उम्मेदवारहरूको नामावली घोषणा गरेको हो।
कार्यक्रममा अञ्जन श्रेष्ठले आफूलाई भावी अध्यक्षको बलियो दाबेदारका रूपमा प्रस्तुत गर्दै आफ्नो नेतृत्वमा रहेको टोलीले निजी क्षेत्रको हकहितका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा उपाध्यक्ष पदका उम्मेदवारहरूको समेत घोषणा गरिएको छ। घोषित नामअनुसार वस्तुगत संघतर्फबाट शिव प्रसाद घिमिरे, एशोसिएटतर्फबाट प्रवल जंग पाण्डे, जिल्ला–नगरतर्फबाट दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उपाध्यक्षका उम्मेदवार रहेका छन्।
श्रेष्ठ समूहले आगामी निर्वाचनमा सशक्त प्रतिस्पर्धा गर्ने तयारीका साथ आफ्नो प्यानल सार्वजनिक गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend