काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं बृहत् एकताको महाधिवेशनबाट विश्वास दीप तिगेला उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन्। तिगेलाले आफ्नो चयनप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण डेलिगेट्स, समन्वयकारी भूमिका निर्वाह गर्ने अग्रजहरू, अभियन्ताहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरेका छन्।
उनले प्राप्त गरेको साथ, विश्वास र हौसलाले आगामी दिनहरूमा संस्थाको एकता, सुदृढता तथा उद्देश्य प्राप्तिका लागि अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताएका छन्। तिगेलाले सबै पक्षलाई साथमा लिएर संघलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं बृहत् एकताको महाधिवेशनबाट मलाई उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गर्नका लागि सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण डेलिगेट्स, समन्वयकारी भूमिका निर्वाह गर्नुहुने आदरणीय अग्रजहरू, अभियन्ताहरू तथा सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु।
यहाँहरूबाट प्राप्त साथ, विश्वास र हौसलाले आगामी दिनहरूमा संस्थाको एकता, सुदृढता र उद्देश्य प्राप्तिका लागि अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको छ।
सादर,
विश्वास दीप तिगेला
उपाध्यक्ष
गैरआवासीय नेपाली संघ,
अन्तर्राष्ट्रिय समन्वय परिषद
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend