सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनचाँदीको मूल्यमा गिरावट: एकैदिन सुन तोलामा ५४०० र चाँदी १४० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट: एकैदिन सुन तोलामा ५४०० र चाँदी १४० रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो।

महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको ५ हजार १५० रुपैयाँको तुलनामा १४० रुपैयाँले कम हो। यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend