काठमाण्डौ २७, कार्तिक । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका छन् ।
आज हमिद ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रपति विद्यादेवी भण्डारी संग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाल भ्रमणको क्रममा राष्ट्रपति हमिदले काठमाण्डौका विभिन्न ऐतिहासिक तथा पुरातात्विक, सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति हमिद उच्चस्तरीय भेटवार्ता पछि शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend