सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वदेशी लगानी र औद्योगिक विकास आत्मनिर्भर अर्थतन्त्रको आधार : शिव प्रसाद घिमिरे

स्वदेशी लगानी र औद्योगिक विकास आत्मनिर्भर अर्थतन्त्रको आधार : शिव प्रसाद घिमिरे

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा स्थल यातायात तथा पारवहन समिति सभापति शिव प्रसाद घिमिरेले व्यापारलाई केवल मुनाफाको माध्यमका रूपमा नहेर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले व्यापार राष्ट्र निर्माणको बलियो आधार भएको उल्लेख गरेका छन्। उनले औद्योगिक विकास र स्वदेशी लगानीलाई आत्मनिर्भर अर्थतन्त्रको पहिलो खुड्किलोका रूपमा व्याख्या गरेका छन्।

घिमिरेले देशको दीगो आर्थिक समृद्धिका लागि उत्पादनमुखी क्षेत्रको विस्तार, निजी क्षेत्रको सक्रियता र आन्तरिक लगानी प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्। उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा साझा प्रयास आवश्यक रहेको धारणा राखेका छन्।

उनका अनुसार व्यापार, उद्योग र पारवहन क्षेत्र सुदृढ भए मात्र रोजगारी सिर्जना, राजस्व वृद्धि र समग्र आर्थिक स्थायित्व सम्भव हुन्छ। उनले नीति निर्माण तहबाट निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend