नेपाल सरकारले यातायात क्षेत्रमा रहेकोे सिन्डकेट हटाउने कार्य अगाडी बडाईरहेको । गृहमन्त्री रामबहादुर थापा बादलले सिन्डकेट हटाएरै छाडने बताएका छन् । सरकारलाई घुर्क्याउन आन्दोलनमा रहेका यातायात व्यवसायीहरू गुपचुपरूपमै धमाधम कम्पनी दर्तामा जान थालेका हुन् ।
सरकारले सिन्डिकेट अन्त्य गर्ने उद्देश्यका साथ यातायात व्यवसायीसम्बद्ध संघ–संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण नगर्ने निर्णय गरेसँगै व्यवसायीहरू कम्पनी रजिस्ट्रारको कार्यालय धाउन थालेका हुन् ।
गत चैत महिनापछि मात्रै २८ वटा यातायात कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् । सरकारको पछिल्लो निर्णयसँगै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने बस व्यवसायीको संख्या बढ्दै गएको रजिस्ट्रारको कार्यालयले जनाएको छ । कार्यालय खुलेको प्रत्येक दिन नै यातायाता व्यवसायी दर्ताका लागि कार्यालय पुग्ने गरेको पाईएको छ । अन्य समितिका पदाधिकारी पनि नाम ‘रिजर्भ’ गर्न आउन थालेको कम्पनी रजिस्ट्रार कार्यालयका अधिकारीहरू बताउँछन् । समितिलाई कम्पनीमा जानैपर्ने बाध्यता भएकाले ढिलाइ गरे नाम अर्कैले लिने डर व्यवसायीलाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend