सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतले नेपाली भूमी मिचेकोमा दुःख व्यक्त गदै केसी गरे अनशन स्थगित

भारतले नेपाली भूमी मिचेकोमा दुःख व्यक्त गदै केसी गरे अनशन स्थगित

डडेलधुरा २६, कात्तिक । कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बसेका डाक्टर गोविन्द केसीले आज अनशन स्थगित गरेका छन् । डाक्टर  केसीले १७ औँ अनशन स्थगित गरेका हुन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले १७ औँ अनशन बसेका थिए । उनले भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभागसमेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै अनशन स्थगित गरेका हुन् ।

आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend