काठमाडौँ २४, कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । आज दुई नेताको छलफल पछि पार्टीको सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।
सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै दुई अध्यक्षबीचको आइतबारको छलफलमा केही नियुक्तिका बारेमा समेत कुराकानी भएको बुझिएको बताईएको छ ।ओली प्रचण्डको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend