सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सूर्यकुण्ड हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

सूर्यकुण्ड हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले यही माघ १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखासँगै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend