सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सारथी सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न

सारथी सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न

काभ्रे २३, कात्तिक । सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो स्थापना दिवस तथा बार्षिक साधारण सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । होटल सारथी धुलिखेलमा कार्तिक २२ गते शुक्रबार प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि, दावादोर्जे लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समृद्धी अभियान सदस्यको शान, सारथी सहकारी हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापना भएको उक्त सहकारी संस्थाले चौथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ । कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा प्रदेश नं ३ का माननीय सांसद चन्द्र लामा र रत्न ढकाल, जिल्ला समन्यव समितिका प्रमुख उद्धव के.सि, धुलिखेल नगरपालिकाका उप प्रमुख बिमला शर्मा चौंलागाँइ, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि. का सचिव टिकाबल्दभ सापकोटा, जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुली, राष्ट्रिय सहकारी बैंक बनेपा शाखा प्रमुख सिता भट्टराईको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त साधारण सभामा बोल्दै प्रमुख अतिथी दावा दोर्जे लामाले काभ्रे जिल्लामा आफ्नो भावनात्मक सम्वन्ध राम्रो भएको बताउनु भयो । देशमा अवको आन्दोलन समृद्धिको भएको र सहकारी संस्थाहरुले शेयर सदस्यहरुका लागि रोजगारी, आयआर्जन सहित जीविका चलाउने कार्यहरु गर्नुपर्ने र सदस्यहरुको हितमा सारथी बहुउद्देश्यीय सहकारी संस्थाले धेरै वटा बहुउद्देश्यीय प्रकृतिका राम्रा कामहरु गरीरहेको आफुले पाएको बताउनु भयो ।

जिल्लामा उत्पादन सँग सम्वन्धित कामहरु गर्दै अगाडि बढ्न र प्रदेश सरकारबाट आवश्यक सहयोग लिन पनि प्रयास गर्न अनुरोध गदै प्रमुख अतिथीले खाली रहेका जग्गाहरुमा सामुहिक खेती प्रणाली मार्फत जे केहि कृषि सम्वन्धि क्रियाकलापहरु अगाडि बढाउन समेत अनुरोध गर्नु भयो ।

सहकारी संस्थाहरु सञ्चालनमा देखा परेका र संघीय सहकारी ऐन, प्रदेश सहकारी ऐनमा देखिएका केहि समस्या तथा समाधानका लागि प्रदेश नं ३ ले आवश्यक छलफल सहित ऐन तथा नियमावलीहरुमा बिशेष छलफल चलाउनुपर्ने बारेमा बोल्दै जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुलीले सहकारीका क्षेत्रमा योजना निर्माण गर्दा बिषेश पहल गरी बजेट विनियोजन र कार्यान्वय गर्न प्रदेश सरकारले आवश्यक कार्यहरु गरे मात्र सहकारी मार्फत मुलुकले चाडै समृद्धि प्राप्त गर्ने बिचार राख्नु भयो ।

सहकारीमा केहि अस्पष्ट नीति रहेकाले अपठ्याराहरुलाई सहजता गराउन ध्यानाकर्षण समेत गर्नुभयो । कार्यक्रममा उत्कृष्ट ऋणी २ जना, बचतकर्ता २ जना, एस.इ.इ. सम्मान ३ जना, बुद्ध बृद्धा सम्मान २ जना, तथा क्यान्सर रोगीका लागि रु.५,०००। सहित खादा, दोसल्ला टिका नगद सहित सम्मान भएको उक्त कार्यक्रममा संस्थाको आम्दानी खर्च, नीति योजना तथा कार्यक्रम आ.व. २०७५÷७६ र आ.व. २०७६÷०७७ का लागि नीति, योजना तथा कार्यक्रमहरु संस्थाका अध्यक्षद्धारा प्रस्तुत गर्नुभएको थियो ।

सबै खालका प्रगतीहरुमा लगभग १०० प्रतिशत उपलब्धि हासिल गरेको संस्थाले आ.व. २०७६÷०७७ का लागि १० करोड ५३ लाख को लक्ष्य समेत साधारण सभामा प्रस्तुती गरेको छ । संस्थाका अध्यक्ष प्रल्हाद प्याकुरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम स्वगत मन्तब्य सञ्चालक सदस्य श्री रोशनी उपाध्यायले गर्नु भएको थियो । संस्थाले आफ्ना सदस्यहरुको हितका लागि प्राकृतिक तथा दैवि विपत्ति कोष स्थापनाका लागि एक बर्षसम्मका लागि दैनिक एक रुपैयाँ अभियानको थालनी गरेको छ ।

संस्थाले मोबाई इ सेवा, आइ.एम.ई सेवा, बिद्युत महसु भूक्तानी, एडिएसएल सेवा, मोबाइृल रिचार्ज, लगायत सराथी मार्ट सेवा, टर्की पालन, स्थानीय कुखुरा पालन लागयतका आय आर्जनका क्षेत्रमा समेत कार्यहरु प्रारम्भ गर्दैछ । जिल्ला स्थित सरकारी तथा सहकारी क्षेत्रका विभिन्न निकायहरुसँग प्रत्यक्ष रुपमा समन्वय गरी कार्य गर्दै आएको यो सहकारीले ३ बर्षमा नै निकै राम्रो उपलब्धि हासिल गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend